Spread the love

 

बुटवल, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नं २ का उम्मेदवार विष्णुप्रसाद पौडेलले सैनामैनालाई व्यवस्थित, आधुनिक र सांस्कृतिक पहिचानसहितको नमूना सहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सैनामैना नगरपालिका वडा नं. १ र ४ मा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई समानान्तर रूपमा अघि बढाउने बताए। बुद्धकालीन महत्व बोकेको सैनामैनालाई सांस्कृतिक सहरका रूपमा स्थापित गर्दै अव्यवस्थित बसोबास, सुकुम्बासी तथा भूमिहीनका समस्या समाधानमा पहल गर्ने उनको भनाइ थियो।

पौडेलले सडक, ढल निकास, विद्यालय पूर्वाधार, नगर अस्पताल सञ्चालन, चक्रपथ र बहुउद्देश्यीय जलाशय जस्ता योजनालाई प्राथमिकतामा राखिएको उल्लेख गरे। उनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना, बुटवल–पोखरा सडक स्तरोन्नति, ग्रेटर लुम्बिनी परियोजनालगायत दीर्घकालीन विकास योजना समेटिएको जनाइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्