Spread the love

 

बुटवल, १० फागुन ।
आगामी निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ ले घरदैलो अभियानलाई तीव्र बनाएको छ। प्रचारप्रसार तथा घरदैलो क्रममा मतदाताबाट प्राप्त सकारात्मक प्रतिक्रिया र कार्यकर्ताको उल्लेखनीय सहभागिताले कांग्रेस उम्मेदवार चुन्न प्रसाद शर्मा उत्साहित बनेका छन्।

रूपन्देही निर्वाचन क्षेत्र नं २ का कांग्रेस उम्मेदवार शर्माले घरदैलो क्रममा टोल–टोलमा पुगेरे मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन् । स्थानीयवासी, उद्योगी–व्यवसायी तथा पार्टी कार्यकर्ताबाट प्राप्त सल्लाहा सुझाव र समर्थनले आफूलाई थप ऊर्जा मिलेको बताएका छन् । “मतदाताको विश्वास र साथले आगामी दिनमा अझ सक्रिय भएर अघि बढ्न प्रेरणा मिलेको बताएका छन् । घरदैलो अभियानमा क्षेत्रीय सभापति तथा निर्वाचन परिचालन मूल समिति संयोजक प्रजापाल गिरीले अभियानमा देखिएको जनसहभागिता उत्साहजनक रहेको बताउँदै पार्टी एकताबद्ध भएर निर्वाचनमा होमिएको दाबी गरे।

घरदैलो कार्यक्रममा समानुपातिक उम्मेदवार रीता सेन वलीसहित स्थानीय तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। उनीहरूले मतदातासँग भेटघाट गर्दै कांग्रेसका एजेण्डा र योजनाबारे जानकारी गराएका थिए। नेपाली कांग्रेस रूपन्देही–२ ले आगामी दिनमा पनि विभिन्न वडामा घरदैलो तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्