बुटवल, ७ फागुन ।
रुपन्देहीमा भएका दोस्रो जिल्ला स्तरीय ईन्टर स्कुल सेभेन ए साईड फुटबल प्रतियोगिता २०८२ मा अन्तिम चार टिमको टुगो लागेको छ । बुटवल पब्लिक स्कुलको आयोजनामा बुधबार भएको खेलमा विजयी हुदै जनज्योती माबि, सिद्धार्थ ईगलिस बोर्डिङ स्कुल, ईगलिस बोर्डिङ स्कुल र सैनिक आवासिय महाविद्यालय अन्तिम चारमा स्थान बनाएका हुन ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद २० हजार तथा उपविजेता टिमले नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । विद्यालयस्तरका खेलाडीहरुलाई प्लेटफर्म दिने गरि कार्यक्रम गरिएको स्कुलका प्राचार्य हेमलाल शर्माले बताए ।
प्रतियोगितामा आयोजक बुटवल पब्लिक स्कुलसहित शान्ति नमुना माबि, अक्सफोर्ड ईगलिस बोर्डिङ स्कुल, सिद्धार्थ बोर्डिङ स्कुल, जनज्योति माबि, प्यारामाउण्ट बोर्डिङ स्कुल, एभरेष्ट बोर्डिङ स्कुल र सैनिक आवासिय माबि प्रतिस्प्रर्धा गरेका छन ।





















