Spread the love

बुटवल, ७ फागुन ।
बालकेन्द्रित शिक्षा पद्धति र व्यवहारिक सिकाई प्रदान उदेश्यका साथ बुटवलमा सबैभन्दा पहिले संचालनमा आएको शिशु ज्ञानकुन्ज मन्टेश्वरी स्कुलले आफनो १४ औ अभिभावक दिवस तथा वार्षिकोत्सव मनाएको छ ।

कार्यक्रमको एक समारोहका बिच विद्यालयका अध्यक्ष चन्दा रावलले औपचारिक रुपमा उद्घाटन गर्दै २०५८ मा बुटवलमा मन्टेश्वरी स्थापनाको स्मरण गरिन । धेरै मेहनत र निरन्तरताका साथ लाग्दा अभिभावकहरुलाई बालबालिकाको शिक्षामा मन्टेश्वरीबारे बुझाउन सफल भएको उनले दाबी गरिन ।

कार्यक्रममा तारा दल गण बुटवलका प्रमुख सेनानी कल्याण पाण्डे, सैनिक आवासिय महाविद्यालय बुटवलका सेनानी नरेश अर्याल, विद्यालयका संचालक डा नारायण प्रसाद पन्थ, विद्यालयका अभिभावक सुधा खनाल, संचालक बिमल शाक्यले मन्टेश्वरी शिक्षा पद्धतिबाट बालबालिकाको आधारभूत व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा प्ले ग्रुप देखी ३ कक्षासम्मका बालबालिकाहरुबाट गायन, नृत्य तथा नाटकहरु प्रस्तुत गरेको प्रधानाध्यापक रीता शर्माले बताईन । प्रत्येक बालबालिकाको गति, रुचि र क्षमताअनुसार सिकाइ हुने भएकाले आत्मविश्वास बढ्ने तथा किताबभन्दा बढी प्रयोगात्मक सामग्रीमार्फत सिकाइ गराइदै आएको उनले बताईन ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्