Spread the love

 

बुटवल, १ फागुन । बुटवल उपमहानगरपालिका–१ (पुरानो बटौली) मा अवस्थित २७६ वर्ष पुरानो ऐतिहासिक श्री कृष्णेश्वर मन्दिर परिसरमा दुव्र्यसनमुक्ति, तनावमुक्त जीवन तथा प्रेरणादायी राजयोग ध्यान शिविर सम्पन्न भएको छ ।

ब्रहमाकुमारी इश्वरीय विश्व विद्यालय द्वारा सञ्चालित उक्त शिविरमा तनाव व्यवस्थापनका उपाय, सकारात्मक सोचको विकास र स्वस्थ जीवनयापनका तरिकाबारे सहभागीलाई प्रशिक्षण दिइएको थियो। शिविरमा वडा नं. १ र २ का स्थानीय टोलबासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
शिविरले धर्म–संस्कृतिको संरक्षणसँगै स्थानीय बासिन्दालाई तनावरहित र स्वस्थ जीवनशैलीतर्फ अभिप्रेरित गरेको श्री कृष्णेश्वर महादेब मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजु लिगलले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्