बुटवल, माघ २९
रुपन्देही उद्योग संघमा आवद्ध फर्निचर उद्योगीहरुको भेलाबाट के एण्ड के फर्निचरका संचालक काशिराम पोखरेलको संयोजकत्वमा ७ सदस्यीय फर्निचर वस्तुगत समिति गठन गरेको छ । बिहिबार बसको भेलाबाट सहसंयोजकमा गणेश फर्निचरका अग्नी अग्रहरी, सचिवमा प्रतिक फर्निचरका मनोज आचार्य, सदस्यहरुमा चौधरी फर्निचरका पृथ्वीराम चौधरी, कुमारी फर्निचर उद्योगका पिताम्बर राना, सुपा देउराली फर्निचरका देवेन्द्र शर्मा, शिवशक्ति फर्निचरका बृजमान चौधरी रहेका छन ।
भेलाले समितिको सल्लाहकारहरुमा संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्ले, प्रथम उपाध्यक्ष हरिबहादुर खत्री, सचिव अशोक कुँवर, संघका सल्लाहकार सुरेन्द्र ज्ञवाली, कार्यसमिति सदस्य तेज प्रसाद पराजुली र नमस्ते फर्निचरका नेत्र रुचाललाई चयन गरेको छ । भेलामा संयोजक काशिराम पोखरेलले फर्निचर उद्योग संचालनमा आएका कठिनाईहरुलाई समाधानका लागि सम्बन्धित निकायमा पहलका लागि रुपन्देही उद्योग संघ मार्फत क्रियाशिल रहने प्रतिवद्धता जनाए ।
कार्यक्रममा संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले विभिन्न प्रकृतिका उ्रद्योगहरुका समस्यालाई एकीकृत गर्ने र समस्या समाधानका लागि उपसमितिबाट सहजता आउने बताए । उद्योगीहरुको प्रकृति अनुसार छट्टाछुट्टै भेलाको आयोजना गरी आआफ्ना क्षेत्रका अनुभव र समस्याहरुलाई संघसम्म ल्याई पुरयाउन विगत लामो समयदेखि वस्तुगत समिति गठन गर्ने कार्यक्रम जारी रहेको उनले बताए ।
कार्यक्रममा संघका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक हरि बहादुर खत्री, संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्ले, सचिव अशोक कुँवरले संघबाट विगतमा ब्यवसायीक हकहितमा भएका कामबारे प्रकाश पारेका थिए ।





















