बुटवल, २९ माघ ।
सैनामैनाको मुर्गियामा सम्पन्न फिटनेस टाइम क्लासिक २०८२ शारीरिक सुगठन प्रतियोगिताको उपाधि बिज्ञान थापाले चुमेका छन । फिटनेस टाइम जिम क्लबको आयोजनामा बिहिवार पाँचबटा बिधामा भएको प्रतिस्पर्धात्मक प्रतियोगितामा वाकि १४ जना खेलाडीलाई पछि पर्दै उपाधि आफ्नो पक्षमा पारे । उपाधिसंगै थापाले नगद ६ हजार सहित मेडल र ट्रफी प्राप्त गरे ।
क्लबस्तरीय सदस्यका बिच भएको प्रतियोगिता सैनामैना नगरपालिकामा नै पहिलोपटक आयोजना गरिएको चर्चित अन्तर्राष्ट्रिय शारीरिक सुगठन खेलाडी कृष्ण श्रेष्ठले बताए । प्रतियोगितामा बिधागततर्फ क्रमशः प्रविन पौडेल, संदिप ज्ञवाली, कपिल घर्ती, संदिप पुन बिजेता भए ।
एक समारोहका बिच नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका उपाध्यक्ष सितु प्रसाद श्रेष्ठ, रुपन्देही जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष राजकुमार श्रेष्ठ, सैनामैना नगरपालिकाका नगर खेलकुद बिकास समितिका अध्यक्ष खेम श्रेष्ठ, मुर्गिया इलाका प्रहरी कार्यालयका निरीक्षक प्रहलाद केसीले पुरस्कार वितरण गर्दै खेल विकासमा पालिकाको भुमिका बारे प्रकाश पारे । आउदो चैत्र ६ र ७ गते बुटवलमा हुदै गरेको रामापिथेकस राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको तयारी स्वरुप सो प्रतियोगिता संचालन गरेको आयोजकको दाबी छ ।





















