Spread the love

बुटवल, २९ माघ ।
उमेर समुहको खेलाडीहरुलाई प्लेटफर्म दिने गरि शुक्रबारदेखी रुपन्देहीमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ । क्रिकेट विकासमा लागेका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले यो सिजनमा तेस्रो उमेर समुहको प्रतियोगिता गर्ने भएका छन । यू–१४, यु–१७ जिल्ला प्रतियोगिता भर्खर सकेका गौचनले आफनो बुबाको स्मृतिमा शुक्रबारदेखी यु–१९ राष्ट्रिय प्रतियोगिता गर्ने भएका हुन ।

विहिबार पत्रकार सम्मेलन गरि सातौ खड्ग प्रसाद गौचन मेमोरियल यु–१९ क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको आयोजक स्टार क्रिकेट एकेडेमीका संरक्षक शक्ति गौचनले बताए । उमेर समुहका खेलाडीहरुलाई ब्याटिङ्ग र बलिङ्ग दुबै कुरामा पोख्त बनाउन केवल २० ओभरको प्रतियोगिताबाट नपुग्ने उनले बताए । ‘खेलाडीहरुलाई ५० ओभरका खेलमा अभ्यास जरुरी छ ।’– उनले भने । रुपन्देहीबाट उमेर समुहमा खेलेका धेरै युवाहरु पछिल्लोसमय राष्ट्रिय टिममा दाबेदारी पेश गरिरहेको उनले बताए ।

एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा हुने प्रतियोगितामा काठमाण्डौ, रुपन्देही, पोखराका गरि ६ वटा टिमले प्रतिस्प्रर्धा गर्ने उनले बताए । शुक्रबार उद्घाटन खेलमा नेपथ्य तिलोत्तमा क्रिकेट एकेडेमी र न्यु होराईजन स्पोर्टस क्लबका बिचमा हुने छ । प्रतियोगितामा नेपथ्य तिलोत्तमा क्रिकेट एकेडेमी, न्यु होराईजन स्पोर्टस क्लब क्रिकेट, एक्सलेन्स सेन्टर काठमाण्डौ, पोखरा क्रिकेट एकेडेमी, रुपन्देही क्रिकेट, वेष्ट्रन क्रिकेट एकेडेमीले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने छन । प्रतियोगिताको फाईनल खेल फागुन ९ गते हुनेछ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्