Spread the love

मुम्बई ,२५माघ । आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा १० रन आवश्यक पर्दा नेपाल जित नजिक पुगे पनि लक्ष्य पूरा गर्न सकेन ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४४ रन बनाए भने कप्तान रोहित पौडेलले ३९ रनको योगदान दिए। ओपनर कुशल भुर्तेलले २९ रन जोडे। दीपेन्द्र टी–२० अन्तर्राष्ट्रियमा २ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बने ।
यसअघि टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ५५ र कप्तान ह्यारी ब्रूकले ५३ रन बनाए।
नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले १–१ विकेट लिए।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्