Spread the love

बुटवल, २६ माघ ।
‘स्वच्छ खानपान, स्वास्थ्य आहार, स्वस्थ जीवनशैली’ नारासहित लुम्बिनी अर्गानिक फुड बुटवलमा सञ्चालनमा आएको छ । महिला उद्यमी विष्णु माया श्रेष्ठको नेतृत्वमा स्थापना भएको संस्थाले स्वास्थ्यप्रति सचेत उपभोक्तालाई लक्षित गर्दै शुद्ध, पोषणयुक्त र रसायनमुक्त अर्गानिक खाद्य सामग्रीको उत्पादन तथा बिक्री–वितरण सुरु गरेको हो । जहा घ्यू, सातु, मैदा र चिनीविहीन कुकिज, टिमुरको छोप, अकबरे खुर्सानीको धुलो, बेसार, जिरा–धनिया मसला, ड्राइ नट्स लड्डु, प्रोटिन मसला, विभिन्न अचार तथा सुत्केरी मसला लगायतका उत्पादन उपलब्ध हुन्छ ।

सबै सामग्री परम्परागत ज्ञान र आधुनिक प्रशोधन प्रविधिको संयोजनबाट स्वास्थ्यलाई प्राथमिकता दिँदै तयार गरिने सञ्चालक श्रेष्ठले बताइन् । संस्थाले गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा र बागलुङ लगायतका जिल्लाबाट स्थानीय कृषकसँग प्रत्यक्ष कच्चा पदार्थ खरिद गरी प्रशोधन र बिक्री गर्ने उनको दाबी छ ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिका–४ का वडा अध्यक्ष नरिश्वर शर्मा पौडेलले औपचारिक उद्घाटन गर्दै महिला उद्यमशीलताको सशक्त उदाहरणका रूपमा लुम्बिनी अर्गानिक फुड रहेको बताए । आत्मनिर्भरता, रोजगारी सिर्जना र स्वास्थ्यमैत्री खानपान संस्कृतिको प्रवद्र्धनमा यसबाट उल्लेखनीय योगदान दिने उनको भनाई छ ।

अर्कोतर्फ किसानलाई उचित बजार सुनिश्चित हुनुका साथै उपभोक्ताले विश्वासिलो अर्गानिक उत्पादन पाउने उनले बताए । विशेषगरी सुत्केरी महिला, बालबालिका र स्वास्थ्यप्रति सजग नागरिकका लागि उपयोगी मानिने यी अर्गानिक खाद्य सामग्री बढ्दो स्वास्थ्य समस्याको सन्दर्भमा नाफामुखी मात्र नभई सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्नेछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्