Spread the love

काठमाडौं,१४ कार्तिक ।

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने भनिएको खेल रद्द भएको छ । लगातारको झरीले मैदान खेल खेलाउन नमिलेपछि लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए ।

खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एक–एक अंक बाँडेका छन् । क्यानका अनुसार आज हुने दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स खेल्ने तालिका छ । उक्त खेल अपरान्ह ५ बजेदेखि सुरु हुने पूर्वनिर्धारित तालिका रहेको उक्त खेल पनि वर्षाले प्रभावित हुने सम्भावना छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्