Spread the love

बुटवल, ७ माघ ।
रुपन्देहीमा जारी यु–१४ अन्तर एकेडेमी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता २०८२ मा अन्तिम चार टिमको टुङ्गो लागेको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा जारी प्रतियोगिताको लिग चरणबाट समुह ए मा ३ खेलमा स्पष्ट जित निकाल्दै ६ अंकका साथ न्यू होराईजन स्र्पोटस क्लब १.९२६ नेट रनरेटसहित विजेता बन्दै अन्तिम चारमा स्थान बनाएको हो । काशी नोबेल एकेडेमी भने दुई खेलमा जित र एक खेलमा हार ब्यर्होदै ४ अंक, १.५६७ रनरेटसहित उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाएको छ ।

यता समुह बि बाट भने स्टार क्रिकेट एकेडेमी ३ खेलमा शानदार जितसहित ६ अंक र १.९३५ रनरेटका साथ विजेता तथा वेष्ट्रन क्रिकेट एकेडेमी २ खेलमा जित र एक खेलमा हार ब्यर्होदै ४ अंक, ०.८३७ रनरेटसहित उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाएको हो ।

कर्मडाडास्थित खेलमैदानमा बुधबार पहिलो सेमीफाईनल न्यू होराईजन र वेष्ट्रन क्रिकेट एकेडेमी तथा दोस्रो सेमीफाईनल स्टार क्रिकेट एकेडेमी र काशी नोबेल एकेडेमीका बिचमा हुने छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्