Spread the love

बुटवल, २७ असोज ।
रुपन्देहीमा जारी वडास्तरीय दोस्रो जि २५ सेभेन ए साईड भेट्रान्स कप फुटबल प्रतियोगिता २०८३ मा वडा नं ४ र वडा नं १३ अन्तिम चारमा प्रवेश गरेका छन । जि ट्वाईन्टी फाईभ क्लबको आयोजनामा मंगलबार दिउसो भएको खेलमा वडा नं ४ ले वडा नं १० लाई ३–१ गोल तथा वडा नं १३ ले वडा नं १२ लाई ८–० गोल अन्तरले पराजित गरेको हो ।

देविनगरस्थित एन्फा एकेडेमीको खेलमैदानमा भएको पहिलो खेलमा वडा नं ४ को जितमा दिनेश बजिमय २ र अशोक सेनले १ गोल गरे । वडा नं १० का महेश श्रेष्ठले सान्त्वना गोल गरे । खेलमा वडा नं ४ हिमाल थापा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि दोस्रो खेलमा वडा नं १३ को जितमा क्याप्टेन भरत थापाले ३ तथा प्रेम गुरुङले ३ गोल गरे । यसैगरि टेक मान गुरुङ र गोपाल थापाले १–१ गोल गरे । खेलमा प्रेम गुरुङ प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । बुधबार दिउसो पहिलो सेमिफाइनलमा वडा नं २ र ४ तथा दोस्रो सेमिफाइनल खेल वडा नं ११ र १३ बिच हुने संयोजक रमेश कुमार जोशीले बताए ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्