Spread the love

बुटवल, १ कार्तिक ।
अर्घाखाचीमा सम्पन्न प्रथम स्वर्गिय रमादेवि स्मृति टि–१० क्रिकेट कप को उपाधि वेष्ट्रन क्रिकेट क्लबले चुमेको छ । अर्घाखाची क्रिकेट क्लबको आयोजनामा सन्धिखर्क अर्घाखाचीमा शुक्रबार भएको फाईनलमा रोयल आँप खोला क्रिकेट क्लबलाई पराजित गर्दै वेष्ट्रनले उपाधि चुमेको हो ।

उपाधिसंगै वेष्ट्रनले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता रोयल आँपखोला भने नगद ६० हजार रुपैयाँ, कप, मेडलमा चित्त बुझायो । अर्घाखाँचीको सन्धिखर्कस्थित टुँडिखेलमा फाईनल खेलमा आपखोलाले ७९ रनको लक्ष्य खडा गरेको थियो । वेष्ट्रनले सो लक्ष्य ९ बिकेटसहित शानदार जित निकालेको हो ।

खेलमा वेष्ट्रनका रंजित खत्री म्यान अफ दी सिरिज घोषित हुदै नगद १५ हजार रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत भए । यसैगरि वेष्ट्रनकै अनमोल थापा बेष्ट ब्याटम्यान, सुमित थापा बेष्ट बलर बन्दै नगद २१०० रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुुरस्कृत भए ।

एक समारोहका बिच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, सन्धिखर्क नगरपालिका–८ का वडाध्यक्ष हुमप्रसाद बन्जाडे, अर्घाखाँची क्रिकेट संघका जिल्ला अध्यक्ष ऋषिकेश भट्टराईले पुरस्कार वितरण गरे । प्रतियोगितामा जिल्ला भित्र र बाहिरका गरी १६ टोलीले भाग लिएका थिए ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्