Spread the love

बुटवल । दसैँ नजिकिँदै गर्दा बुटवलका समाजसेवी युवा थमन पुनको नेतृत्वमा युवाहरूले ६० विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । बुटवल उपमहानगरपालिकाका विभिन्न क्षेत्र तथा देवदह नगरपालिकाको चरंगे क्षेत्रका विपन्न परिवारलाई करिब ३ लाख रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको हो ।

युवाहरूले ६० बोरा चामलसँगै दाल, नुन, तेल र मरमसलालगायत खाद्य सामग्री वितरण गरेका हुन् । केही परिवारलाई आवश्यकताअनुसार नगद सहयोगसमेत गरिएको छ । दसैँको मुखमा बिहान–बेलुकाको छाक टार्नसमेत समस्या भएका परिवारलाई राहत पु¥याउने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको थमन पुनले बताए । चाडपर्वका बेला आर्थिक अभावमा रहेका परिवारले पनि खुसीका साथ दसैँ मनाउन सकून् भन्ने उद्देश्यले खाद्यान्न वितरण गरिएको उनले बताए ।

खाद्यान्न बोकेर युवाहरू घरआँगनमा पुग्दा कतिपय परिवारका सदस्य भावुक बनेका थिए । सहयोग पाएपछि खुसीका आँसु झारेका उनीहरूका लागि यो राहत खाद्यान्नमा मात्र सीमित रहेन, अभावका बीच पनि आफूहरूको दुःख बुझ्ने र सम्झिने मानिस रहेको अनुभूति बनेको थियो ।

थमन पुनको नेतृत्वमा रहेको युवा टोलीले बुटवलका देवी नगर, प्रगतिनगर, रानीगञ्ज, सिर्जना नगर, तिलोत्तमा टोल, चिडियाखोला, ज्योतिनगर, बुद्धनगर, मजुवा, टप मजुवा र युद्धनगरलगायतका क्षेत्रमा खाद्यान्न वितरण गरेको हो । त्यस्तै, देवदह नगरपालिकाको चरंगे क्षेत्रका विपन्न परिवारलाई पनि सहयोग गरिएको छ । सामाजिक अभियानमा थमन पुनसँगै सरोज दर्लामी, भरत जंग क्षेत्री, राजन रसाइली, पुष्कर कार्की, अजय रसाइली, प्रविन गुरुङ, शम्भु श्रेष्ठ, समिर गहतराज, रमेश सुनार, विक्रम मल्ल, सुजन गौचन, करन नेवार, सागर कार्की, सागर पुन, सुशील खनाल, समिर ज्ञवाली, अनुज अर्याल र समिर थापालगायतका युवाहरू सक्रिय छन् ।

युवा टोलीले प्रत्येक वर्ष विपन्न परिवारलाई खाद्यान्न, वृद्धवृद्धालाई लत्ताकपडा तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्दै आएको छ । चाडपर्वको खुसी सबैसँग बाँड्ने उद्देश्यसहित अभियानले आर्थिक अभावमा रहेका परिवारलाई राहत पु¥याउनुका साथै सामाजिक सद्भाव र मानवीय सहयोगको सन्देशसमेत दिएको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्