Spread the love

रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिकाका १६ भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । गैडहवा गाउँपालिका–८ र ९ का १४ भूमिहीन दलित तथा दुई भूमिहीन सुकुम्बासी परिवारलाई सम्बन्धित भूमि समस्या समाधान समितिले लालपुर्जा वितरण गरेको हो ।

लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित रहेका परिवारले लालपुर्जा पाएसँगै आफ्नो नाममा जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् । यसले वर्षौंदेखि जग्गाधनी बन्ने प्रतीक्षामा रहेका परिवारलाई आफ्नो आवास तथा जग्गाको स्वामित्व सुनिश्चित गर्ने आधार प्रदान गरेको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने उद्देश्यले सरकारले जग्गाधनी पुर्जा वितरण प्रक्रिया अघि बढाउँदै आएको छ । सोही प्रक्रियाअन्तर्गत गैडहवा गाउँपालिकामा पनि भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरिएको हो । लालपुर्जा प्राप्त गरेपछि सम्बन्धित परिवारले आफ्नो जग्गामाथिको कानुनी स्वामित्व स्थापित गर्ने अवसर पाएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्