Spread the love

बुटवल, ३१ असोज । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट प्रहरीले भन्सार छली गरी ल्याइएको आशंकामा ९ लाख १८ हजार रुपैयाँ बराबरका मोबाइलका डिस्प्ले तथा बडी प्यानल बरामद गरेको छ। इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले असोज २९ गते साँझ करिब ५ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बनरहवास्थित लुकाइछिपाइ राखिएको अवस्थामा ती सामान बरामद गरेको हो।

प्रहरीका अनुसार बरामद सामानमा एमआई मोबाइलका डिस्प्ले १६३ थान, रियलमीका ११२ थान, भिभोका ६४ थान, इन्फिनिक्सका ३२ थान, सामसङका ६४ थान र आईफोनका दुई थान डिस्प्ले रहेका छन्। त्यस्तै, मोबाइलका बडी प्यानल ६ थान पनि बरामद गरिएको छ।

बरामद सामानमध्ये एमआई डिस्प्लेको अनुमानित मूल्य ३ लाख २६ हजार रुपैयाँ, रियलमीको २ लाख २४ हजार रुपैयाँ, भिभोको १ लाख २८ हजार रुपैयाँ, इन्फिनिक्सको ६४ हजार रुपैयाँ, सामसङको १ लाख ६० हजार रुपैयाँ, आईफोनको १० हजार रुपैयाँ र बडी प्यानलको ६ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि असोज ३० गते भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जानकारी दिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्