Spread the love

काठमाडौं,३० असोज ।

नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत सम्पूर्ण पदको मतगणना सकिएको छ । असोज २३ गते रातिदेखि सुरु भएको सम्पूर्ण पदको मतगणना सकिएको हो । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मतगणना सकिए सँगै २३१ जना निर्वाचित भएको परिणाम सार्वजनिक गरिएको छ ।

संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुनेछ । जसमध्ये २३१ जना निर्वाचित हुने र बाँकी ६६ जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था छ । सदस्य सचिव कटुवालका अनुसार प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम दशैंलगत्तै गर्ने तयारी भएको छ ।

त्यसपछि नै यो कार्यसमितिको पहिलो बैठक बस्ने छ । बैठकमै स्थानीय तहको निर्वाचनको खाकासमेत बनाउने तयारीसमेत भइरहेको बताइएको छ । सभापति गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति बनेको छ ।नयाँ विधानअनुसार वरिष्ठ उपसभापति, महिला उपसभापति र समावेशी उपसभापति एक–एक जना तथा खुला उपसभापति दुई जना निर्वाचित भएका छन् । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भए । खुला उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य निर्वाचित हुँदा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्