Spread the love

बुटवल, १ असोज ।
नेवाः समाज अर्घाखाँची रुपन्देहीले बुटवल भैरव नाच प्रर्दशन गरेको छ । नेवा संस्कृति संरक्षण अभियान चलाएको समाजले विहिबार देविनगरमा सास्कृतिक भैरव नाच प्रर्दशन गरेको हो । नेवा संस्कार संस्कृति हाम्रो शान, तपाई हामी मिलि बचाऔ राष्ट्रको पहिचान नारासहित स्थापना भएको समाजको अगुवाईमा ऐतिहासिक नाच प्रर्दशन गरिएको हो ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले नाचको उद्घाटन गर्दै नगरभित्र बसोबास गर्ने सबै जातजाती र धर्मसंस्कृति जगेर्ना गर्न पालिका सहयोग गर्दै आएको बताईन ।

कार्यक्रममा समाजका अध्यक्ष देविकुमार श्रेष्ठले स्थापनाको लामोसमय बिच बुटवलमा अहिलेसम्म बुटवलमा तिन पटक नाच प्रदर्शन गरिएको बताए । यो नाच धेरै तयारी र जनशक्ति प्रयोग हुने हुदा खर्चिलो हुने उनले बताए । ‘यो वर्ष ५५ जना युवाहरु यसमा संलग्न छन ।’– उनले भने ।

कार्यक्रममा भिमसेन नेवा समाजका अध्यक्ष सहदेव श्रेष्ठ, निवर्तमान अध्यक्ष बाबुराम श्रेष्ठको सहभागी रहेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्