बुटवल, २७ भदौ ।
रुपन्देहीमा जारी दोस्रो अन्तर विद्यालय छात्र/छात्रा बास्केटबल प्रतियोगितामा अन्तिम चारको टुगो लागेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षणकत्व, रुपन्देही जिल्ला बास्केटबल संघको आयोजनामा शनिबार भएको खेलमा विजयी हुदै छात्रतर्फ अक्सफोर्ड ईगलिस बोर्डिङ स्कुल, न्यू होराईजन माबि, एभरेष्ट बोर्डिङ स्कुल र ब्रिटिश ग्रामर स्कुल अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
देविनगरस्थित भुपुसैनिक खेलमैदानमा भएको लिग चरणको खेलमा न्यू होराईजनले मणिमुकुन्द कलेजलाई ३२–१८, अक्सफोर्ड कलेजले सिद्धार्थ बोर्डिङ स्कुललाई ३५–१९, एभरेष्टले दीप बोर्डिङलाई १९–१६, मणिमुकुन्दले सैनामैना मोडल स्कुललाई १५–१४ तथा न्यू होराइजनले ब्रिटिश ग्रामरलाई ४०–३९ अंकले पराजित गरेको हो ।
यसैगरि छात्रातर्फ भएको थ्रि बाई थ्रिमा बेष्ट टर्न बास्केटबल क्लब, एभरेष्ट बोर्डिङ स्कुल, सिद्धार्थ बोर्डिङ स्कुल र न्यू होराईजन माबि अन्तिम चारमा स्थान बनाएका छन ।
शनिबार भएका लिग चरणको खेलमा सिद्धार्थले बेष्टलाई ५–४, होराईजन ए ले सिद्धार्थलाई ८–१, होराईजन बि ले ब्रिटिश ग्रामरलाई ३–२ तथा एभरेष्टले ब्रिटिश ग्रामरलाई ३–२ अंकले पराजित गरेका थिए ।
आईतबार बिहान सेमीफाईनल खेलहरु हुने तथा दिउसो फाईनल खेलहरु हुने संघका सचिव दिलमान थापाले बताए । जिल्लामा रहेका विभिन्न विद्यालयका खेलाडीहरुलाई खेल प्रतियोगितामार्फत थप सीप सिकाउदै उत्कृष्ट छनौट गर्ने गरि कार्यक्रम गरिएको संघका अध्यक्ष राजन कुमार श्रेष्ठले बताए । तीन दिनसम्म चल्ने प्रतियोगितामा ८ छात्र र ८ छात्रा टिमहरु सहभागी छन । प्रतियोगिता सम्पन्न ३ लाख बढि खर्च हुने अनुमान खेल संयोजक ससांकलाल प्रधानले बताए ।






















