बुटवल, २६ भदौ ।
बास्केटबल खेलाडीहरुलाई प्लेटफर्म दिने गरि रुपन्देहीमा दोस्रो अन्तर विद्यालय बास्केटबल प्रतियोगिता शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षणकत्व, रुपन्देही जिल्ला बास्केटबल संघको आयोजनामा शुक्रबारदेखि प्रतियोगिता शुरु भएको हो ।
देविनगरस्थित भुपुसैनिक खेलमैदानमा भएको पहिलो दिनको खेलमा ब्रिटिश ग्रामण स्कुलले मणिमुकुन्द कलेजलाई १९–१८, न्यू होराईजन स्कुलले सैनामैना मोडल स्कुललाई ३०–६, अक्सफोर्ड कलेजले दीप बोर्डिङ स्कुललाई ३३–१५, एभरेष्ट बोर्डिङ स्कुलले अक्सफोर्ड कलेजलाई २१–१६, दीप बोर्डिङ स्कुलले सिद्धार्थ स्कुललाई ४६–११, ब्रिटिशले सैनामैनालाई २७–२४ अंकले जित निकालेका छन ।
यसैगरि छात्रातर्फ थ्रीबाई थ्रिमा होराईजन स्कुल ए ले ब्रिटिश ग्रामर स्कुललाई ७–२, सिद्धार्थ स्कुल बि ले ब्रिटिशलाई १–०, एभरेष्ट स्कुलले सिद्धार्थ ए लाई ६–१ तथा बेष्ट ट्वीन बास्केटबल क्लबले होराईजन स्कुल बी लाई ६–३ अंकले पराजित गरेको सचिव दिलमान थापाले बताए ।
जिल्लामा रहेका विभिन्न विद्यालयका खेलाडीहरुलाई खेल प्रतियोगितामार्फत थप सीप सिकाउदै उत्कृष्ट छनौट गर्ने गरि कार्यक्रम गरिएको संघका अध्यक्ष राजन कुमार श्रेष्ठले बताए । तीन दिनसम्म चल्ने प्रतियोगितामा ८ छात्र र ८ छात्रा टिमहरु सहभागी छन । प्रतियोगिता सम्पन्न ३ लाख बढि खर्च हुने अनुमान खेल संयोजक ससांकलाल प्रधानले बताए ।
एक समारोहका बिच नेपाल बास्कटबल संघका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष मनिष ह्याजुले प्रतियोगिताको औपचारिक शुभारम्भ गर्दै खेलकुदको विकासमा चुनौतीहरु थपिदै गएको बताए । देशमा सरकार परिवर्तन भएपनि समयसापेक्ष कानुन अभावका कारण जटिलताहरु आईरहेको उनले बताए ।



















