Spread the love

बुटवल, २३ भदौ ।
ग्रासरुट खेल विकास गर्ने उदेश्यका साथ हिमालयन डायलोग प्रालिको आयोजनामा एशियन पेन्टस च्याम्पियन्स कप २०२६ अल नेपाल ईन्टर स्कुल यु–१८ फुटबल प्रतियोगिता (गल्र्स) शुरु भएको छ । रुपन्देही जिल्ला फुटबल संघको ब्यवस्थापनमा भएको उद्घाटन खेलमा बुटवल पब्लिकले विजयी शुरुवात गरेको छ । एन्फा टेक्निकल सेन्टर बुटवलमा भएको उद्घाटन खेलमा बुटवल पब्लिक स्कुलले ड्रिम भिजन स्कुललाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

खेलमा बुटवल पब्लिकका लागि रोशनी गौतम र मानवी खनालले गोल गरिन् । त्यस्तै ड्रिम भिजनका लागि भने राखी श्रेष्ठले पेनाल्टीमार्फत गोल फर्काएकी थिईन् । यसैगरि मंगलबार दिउसो भएको खेलमा सुनगाभा सेकेण्डरी स्कुल र ग्यालेक्सी इङलिस बोर्डिङ स्कुल, सैनामैना विजयी हुदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगितामा सुनगाभाले सिद्धार्थ मोडर्न स्कुललाई ६–० तथा ग्यालेक्सीले अक्सफोर्ड स्कुललाई समान ६–० गोल अन्तरले नै पराजित गरेको हो ।

एक कार्यक्रमका बिच अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दीर्घबहादुर केसी, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारी, एन्फा एकेडेमी बुटवलका निर्देशक बुद्धि गुरुङले रेफ्रिलाई बल हस्तान्तरण गरि उद्घाटन गरे । महिला फुटबल विकास गर्ने लक्ष्यसहित शुरु भएको प्रतियोगितामा जिल्लाका १४ टिमहरुले भाग लिएका छन । प्रतियोगिताको विजेता टिम प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिनेछ । प्रतियोगिताको फाईनल खेल भदौ २७ गते हुने छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्