Spread the love

बुटवल, २२ भदौ ।

भोटेकोशीसहित देशका विभिन्न स्थानका बाढीपहिरो पिडितलाई ढुवानी ब्यवसायी समिति रुपन्देहीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत १ लाख १ हजार ३ सय १९ रुपैया सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बिच रुपन्देही जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई संघका कार्यवाहक अध्यक्ष शंकर लम्साल, निवर्तमान अध्यक्ष जित बहादुर भाट, सल्लाहकार राजु डंगोल, प्रथम उपाध्यक्ष विकास आचार्य, महासचिव उज्वल केसी, कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, सचिव झविन्द्र थापाले सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन ।

कार्यक्रममा प्रजिअ अर्यालले महाविपत्तिबाट भएको जनधनको क्षतिमा रुपन्देही ब्यवसायीक, सामाजिक संघसंस्थाहरुबाट स्वतस्फूर्त रुपमा सहयोग जुटेको बताए । यो कठिन समयमा पिडित र पिडितका परिवारलाई राहतमा रुपन्देहीबासीबाट उद्धार कोषमा जम्मा भैरहेको भन्दै कतिपय जिन्सी सामान लिएर जाने संघसंस्थाहरुलाई स्थानिय तहसंग समन्वय गरिएको उनले बताए ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रहरूमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पु¥याएको घटना प्रति दुःख व्यक्त गर्दै संघका कार्यवाहक अध्यक्ष शंकर लम्सालले खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनस्र्थापनाका लागि सरकार तिब्र लाग्न समेत आग्रह गरे । हाल बुटवलमा रहेको ढुवानीग्राममा करीब ५५ बढि सदस्यहरु समितिमा आवद्ध छन ।

भिडियो रिर्पोट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्