काठमाडौं,२२ भदौ ।
भदौ १० को रसुवा बाढीमा विभिन्न जलविद्युत आयोजनाको सुरुङभित्र १२१ जनामात्रै फसेको अनुमान नेपाली सेनाले गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवाशजंग थापाले यस्तो बताएका हुन् । सहायक रथी थापाले टनेल ब्रेकथ्रु नहुदा सम्म उद्धारको काम जारी बताएका छन् ।
सहायक रथी थापाले जलविद्युत आयोजनाको टनेलमा भएको क्षतिलाई आंकलन गर्दा बाढी तथा लेदो करिब १८० किमी प्रतिघण्टाको गतिमा खसेको अनुमान गरिएको बताए।



















