Spread the love

बुटवल, २० भदौ ।
२४ औ लिस्नु नकआउट फुटबल प्रतियोगिता २०८३ तयारी तिब्र चलेको छ । लिस्नु युवा क्लबको आयोजना तथा वडा नं १५ को वडा कार्यालयको मुख्य प्रायोजनमा भदौ ३१ गतेदेखि हुने प्रतियोगिताको तयारी विभिन्न समितिमार्फत शुरु भएको शनिबार पत्रकार सम्मेलन गरि आयोजक क्लबका अध्यक्ष तीर्थराज मल्लले बताए।

पशुपति माबिको खेलमैदानमा हुने प्रतियोगिताको उपाधि विजेताले नगद ३५१,१११ रुपैया, कप, मेडल, प्रमाणपत्र, यसैगरि उपविजेता टिमले नगद २,०१,१११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए। यसैगरि विधागत रुपमा म्यान अफ दी सिरिजले नगद २५ हजार रुपैया, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडीहरुलाई नगद ११ हजार रुपैया, कपबाट तथा अनुसासित टिमलाई समेत पुरस्कृत गरिने उनले बताए।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका वडा नं १५ का वडाअध्यक्ष खेमराज गुरुङले कुलतबाट युवाहरु बचाउदै खेलकुदमार्फत अघि बढाउने गरि क्लबको स्थापना भएको बताए।

यसैगरि कार्यक्रममा नोबेल ईन्भाईरोमेन्ट एकेडेमीका संचालक सुन्दर गुरुङले २५ औ संस्करणलाई सुनिता फाउण्डेसनबाट मुख्य प्रायोजन गर्ने प्रतिवद्घता जनाए। यसैगरि क्लबको जर्सी सौजन्य सिभम मिश्रा रियल स्टेटले गरेको छ।
कार्यक्रममा तिलोत्तमा कार्यपालिका सदस्य रबिन सेन्चुरी, सल्लाहकार बसन्त रोक्का, खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले ग्रासरुटको विकासमा जोड दिन आग्रह गरे।

प्रतियोगितामा फुलबारी गाईज, कपिलबस्तु –११, झरना स्पोर्टस क्लब, समपूर्ण युवा क्लब, मोनस्टर गाईज, फर्साटिकर युवा क्लब, आयोजक लिस्नु युवा क्लब, पाल्पा–११, सुर्यपुर एफसी चितवन, नवयुवा खेलकुद तथा सास्कृतिक परिवार, देवदह ब्वाईज र होराइजन क्लब स्याङ्जा गरि १२ टिमले भाग लिएका छन। प्रतियोगितामा प्रत्येक टिमले २ जना विदेशी खेलाडी राख्न पाउने ब्यवस्था गरिएको खेल संयोजक रोमन गुरुङले बताए। रुपन्देही, कपिलबस्तु, पाल्पा, स्याङ्जा, नवलपरासीका क्लबहरु रहेका छन।उद्घाटन खेलमा फुलबारी गाईज र कपिलबस्तु–११ बिचमा खेल हुने छ। गतवर्ष फर्साटिकर विजेता रहेको थियो ।

भिडियो रिर्पोट

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्