Spread the love

पाल्पा,२० भदौ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने ऐतिहासिक तथा प्रसिद्ध रणउजीरेश्वरी भगवती रथ जात्राको अवलोकन गरेका छन् । शनिबार पाल्पामा मुख्यमन्त्री आचार्यले भगवती मन्दिर परिसरमा पुगेर रथ जात्रा तथा जात्रामा सहभागी श्रद्धालुहरूको उपस्थिति अवलोकन गरेका हुन ।

मुख्यमन्त्री आचार्यले जात्राको एक शुभकामना सन्देश जारीगर्दै रणउजीरेश्वरी भगवती रथ जात्राले नेपालको राष्ट्रिय स्वाभिमान, वीरता, धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई पुस्तौँदेखि जीवन्त राख्दै आएको बताएका छन् । उनले पाल्पामा मनाइने रणउजीरेश्वरी भगवती रथ जात्राले राष्ट्रिय स्वाभिमान, वीरता, धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई बलियो बनाएको बताएका छन् ।

मुख्यमन्त्री आचार्यले भगवती जात्राले धार्मिक आस्था, सांस्कृतिक विविधता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए । पुस्तौँदेखि निरन्तर चलिआएको यस्तो मौलिक परम्पराले नयाँ पुस्तामा संस्कृति, रीतिरिवाज र मूल्य–मान्यता हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

नेपाल र इस्ट इन्डिया कम्पनीबीच वि.सं. १८७१–७२ मा भएको युद्धमा नेपाली सेनाले हासिल गरेको ऐतिहासिक विजयको स्मरणमा प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन जात्रा मनाईन्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्