Spread the love

बुटवल, १६ भदौ ।
ब्यापारिक केन्द्र बुटवलमा मिशन टुडे राष्ट्रिय दैनिकले कर्पोरेट कार्यालय शुभारम्भ गरेको छ । डेढ वर्षअघिदेखि बुटवलमा कार्यालय शुभारम्भ गरेको मिशन टुडेले मंगलबार बुटवलको कालिकानगरमा लुम्बिनी प्रदेश कर्पोरेट कार्यालय शुभारम्भ गरेको हो ।

कार्यालयमा बोर्ड मेम्बर÷डाईरेक्टरका रुपमा अनुभवी दुर्गा बहादुर आलेलाई पद बहाली समेत गरिएको छ । डाईरेक्टर आलेले सबैको साथ र सहयोगसहित अघि बढ्ने प्रतिवद्घता जनाए । लामोसमयको अनुभवलाई यसमा लगाउने उनले बताए ।
कार्यक्रममा कार्यकारी निर्देशक बिनोद पौडेलले काठमाडौं र कोहलपुरबाट एकैसाथ पत्रिका प्रकाशित हुदै आएको बताए । १७ वर्षदेखि निरन्तर संचालन भएको उपत्यका बाहिरको एकमात्र पत्रिका भएको उनले दाबी गर्दै कर्पोरेट रुपमा नै पत्रिका अघि बढाउन लागेको बताए । सामाजिक विषयबस्तुलाई समेटेर बुटवलको विशेष पेज नै छुट्टाएर लग्ने योजना रहेको उनले बताए ।
कार्यक्रममा दुर्गा–खुमा टोल संस्थाका निवर्तमान अध्यक्ष राजु पौडेलले स्थानिय बासिन्दाहरुसंग सहकार्य र सरोकारका बिषयलाई समेट्न समेत आग्रह गरे । कार्यक्रममा मिशन टुडेका संचालक समितिका सदस्य मोहन बेल्बासेले पत्रिकालाई थप सशक्त रुपमा अघि बढाउने गरि कार्यालय स्थापना गरिएको बताए ।

कार्यक्रममा मिशन टुडेका लुम्बिनी प्रदेश कार्यालय प्रमुख श्यामलाल पोखरेलले करीब डेढ वर्षको समयावधिमा कर्पोरेट कार्यालय स्थापना गर्न सफल भएको बताए । धेरै मेहनत र निरन्तरताबाट वर्तमान अवस्थामा आईपुगेको भन्दै उनले अस्वास्थ्य प्रतिस्प्रर्धाकै कारण संचार क्षेत्रमा कठिनाई आएको बताए ।

कार्यक्रममा खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, सम्पादक तिलक गाउलेले समयसापेक्ष प्रिन्टमिडियाको महत्व घटेको भन्दै पाठकको हातहातमा पुग्ने अनलाईनको विषयबस्तुमा ध्यान दिन जरुरी रहेको बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्