Spread the love

बुटवल ।
प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए–साइड फुटबल प्रतियोगिता–२०८३ को अन्तिम चारको टुगो लागेको छ । सिद्धार्थ केबल कार लिमिटेडको शिर्ष प्रायोजन तथा सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स तथा ऊर्जा इन्टरप्राइजेजको मुख्य प्रायोजक तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा सोमबार भएका खेलहरुमा विजयी हुदै सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय, श्री नवरत्न इङ्लिस हाई स्कुल, नविन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय ‘ए’ र ‘बी’ टिमहरु अन्तिम चारमा पुगेको हो । सेमिफाइनल खेलहरु मंगलबार बिहान हुने छन ।

पहिलो सेमीफाईनलमा सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय र श्री नवरत्न इङ्लिस हाई स्कुल तथा नविन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय ‘ए’ र ‘बी’ बीच हुनेछ । प्रतियोगिताको फाईनल मंगलबार दिउसो हुने विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए ।

प्रतियोगितामा उपाधि विजेता समूहले नगद ५१ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद ३१ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्