Spread the love

दाङ । घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार भदौ ३ गते साँझ करिब ८ बजे सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा अटोमा सवार तीन जना घाइते भएका थिए । घाइतेमध्ये घोराही उपमहानगरपालिका–५ बसन्तपुर निवासी ४५ वर्षीय अटो चालक विनोद पौडेलको उपचारका क्रममा मृत्यु भएको हो ।

गम्भीर घाइते पौडेलको मेडिकल कलेज, कोहलपुर बाँकेमा उपचार भइरहेकोमा भदौ ४ गते बिहान २ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते अन्य दुई जनाको अवस्था मध्यम रहेको छ ।

प्रहरीले ट्याक्टर र चालक घोराही उपमहानगरपालिका–१७ भैसाही निवासी २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्