बुटवल, ४ भदौ ।
बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता २०८३ को चौथो दिनको खेलमा नबिन औद्योगिक माबि ए र श्री शिवपुर माबि विजयी भएका छन ।
सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईगलिस सेकेण्डरी स्कुलको आयोजनामा बिहिबार विहान भएको पहिलो खेलमा नबिन औद्योगिक माबि ए ले न्यू होराईजन ई बोर्डिङ स्कुललाई ३–० गोल तथा दोस्रो खेलमा श्री शिवपुर माबिले एचिर्भस एकेडेमीलाई ४–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन ।
देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको पहिलो खेलमा नबिनका रोयल पंगेनी नायक भए । उनले आफनो ह्याट्रिक गर्दै टिमलाई जित दिलाए । उनि खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरि दोस्रो खेलमा श्री शिवपुर माबिको जितमा किशन थारु, अमित थारु, ओम बहादुर थापा र दिपेश कुवरले गोल गरे । खेलमा राज थापा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
बिहिबार दिउसो श्री युगज्योती माबि र लुम्बिनी वल्र्ड स्कुल, सेन्ट जोसेफ ई बोर्डिङ स्कुल र पश्चिमान्चल ईगलिस बोर्डिङ स्कुल तथा लुम्बिनी शिक्षालय र मेडिटेक एकेडेमीका बिचमा खेल हुने छ ।






















