बुटवल, ३ भदौ ।
बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता २०८३ को तेस्रो दिनको खेलमा नवप्रभात र ईडन विजयी हुदै दोस्रो चरणमा प्रवेश गरेका छन । सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईगलिस सेकेण्डरी स्कुलको आयोजनामा बुधबार विहान भएको पहिलो खेलमा नवप्रभात ईगलिस बोर्डिङ स्कुलले बुटवल पब्लिक स्कुललाई ५–१ गोल तथा दोस्रो खेलमा ईडन ई र्बोडिङ स्कुलले पामिर ईन्टरनेश्नल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन ।
देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको एकतर्फी पहिलो खेलमा नवप्रभातको जितमा दीपसन परियारले ह्याट्रिक गरे । यसैगरि प्रिन्स पुनले दुई गोल थपे । बुटवल पब्लिकका सामिप्या पुनमगरले सान्त्वना गोल गरे । दीपसन खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरि दोस्रो खेलमा ईडनको जितमा एकमात्र गोल समृद्ध थापाले गरे । उनि खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
बुधबार दिउसो स्कलर्स होम ईबोस्कुल र प्रभात ईबोस्कुल, सैनिक आवासिय महाविद्यालय र श्री नवरत्न माबि तथा सिद्धार्थ मोर्डन स्कुल र मोदरल्याड ईबोस्कुलका बिचमा खेल हुने छ ।



















