बुटवल, ३१ साउन ।
लुम्बिनी निमार्ण ब्यवसायी संघ रुपन्देहीको बैठकमा उठेको बिबाद पदाधिकारी बिच कुटपिटसम्म पुगेको छ । संघको शनिबार नियमित बैठकमा अधिवेसनको मिति तय गर्ने बारेमा उठेको बिबादमा संघका निर्वतमान अध्यक्ष तथा प्रदेश महासंघका महासचिव विनय ज्ञवालीले कार्यबाहक अध्यक्ष रमेश बेल्बासेलाई हातपात गरेका हुन ।
आफुमाथि हातपात गरेको आरोप लगाउदै कार्यबाहक अध्यक्ष बेल्बासेले शनिबार नै वडा प्रहरी कार्यालय सिद्धार्थनगरमा कारवाहीको माग गर्दै उजुरी दिएका छन । बैठकमा एजेण्डा नै नरहेको निर्वाचनको विषय सदस्य सुभम रौनियारले उठाएको बेल्बासेले आरोप लगाए । ‘यसअघि नै जेठमा यो विषय टुगिएको थियो ।’– उनले भने । मंसिरमा अधिवेसनको निर्णय भएर प्रदेशमा जानकारी गराईएको उनले दाबी गरे । बैठकमा शनिबार अर्यादित रुपमा बोल्ने र अराजकता निम्त्याउने गरि निर्वतमान अध्यक्ष विनय ज्ञवाली प्रस्तुत भएको उनले बताए ।
अधिवेसन असोजमा हुनुपर्ने माग सो समुहको रहेको र बहुमत पदाधिकारीको सहमतिमा मंसिर १६ र १७ गतेको मिति निर्णय भएको कार्यबाहक अध्यक्ष बेल्वासेले दाबी गरे । मिटिङ सके लगत्तै कार्यालय परिसरमा नै आफुमाथि हातपात गरेको उनले बताए । आफु कानुनी उपचारको मागसहित प्रहरीमा गएको उनले बताए । उता ज्ञवालीले भने मिटिङमा चित्त बुझदो जवाफ नआएपछि केहीबेरमा छलफलको क्रममा कार्यबाहकबाट अपशब्द बोलेपछि आफुले हात छोडेको स्वीकारे । कार्यसमितिमा रहेका १६ जनामा ११ जनाले हस्ताक्षरणसहित निर्वाचन असोजमा गर्नुपर्ने माग आफुहरुले राखेको उनले बताए ।
यसअघि नै प्रतिनिधि सभामा निर्वाचनमा उम्मेदबार दिएपछि संघकी अध्यक्ष मन्जु ज्ञवालीले महासचिव प्रितम रौनियरलाई कार्यबाहक दिएकी थिईन । यस विषयमा बिबाद उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीको आधारमा विधानमा रहेको प्रावधान अनुसार जेष्ठताको आधारमा कार्यान्वयन गराउनु भन्ने निर्देशन भएर आफु कार्यबाहक अध्यक्षको जिम्मेवारी बहन गरेको बेल्बासेले बताए । राजिनामा दिदा जिल्ला कार्यसमितिलाई दिनुपर्ने र त्यो भन्दा तल्लो पदको ब्यक्तिले नै कार्यबाहक सम्हाल्नुपर्ने विधानमा ब्यवस्था भएको कार्यबाहक अध्यक्ष बेल्बासेले बताए । उता ज्ञवालीले भने आफुले बिधान अनुसार नै महासचिवलाई कार्यबाहकको जिम्मेवारी दिएको खस्यौलीखबरलाई बताईन । संघका केही पदाधिकारी र सदस्यहरु आफुखुशी कार्यबाहकको जिम्मेवारी फेरबदल गरेको उनको दाबी छ ।




















