Spread the love

पाल्पा । पाल्पाको तानसेन नगरपालिका–४ निवासी ८ वर्षीया साजुदा जानुको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ । विद्यालयमा दिवा खाजा खाने क्रममा ग्यासको आगोको लप्काबाट गम्भीर घाइते भएकी उनको काठमाडौंस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

गत साउन ७ गते तानसेनस्थित मिलेनियम माध्यमिक विद्यालयमा दिवा खाजा खाने क्रममा ग्यासको आगोको लप्काले साजुदासहित चार जना छात्रा घाइते भएका थिए। घाइतेमध्ये साजुदाको अवस्था गम्भीर थियो ।

घटनापछि तानसेनमै प्रारम्भिक उपचार गरिएपछि उनलाई थप उपचारका लागि सोही दिन हेलिकप्टरमार्फत काठमाडौंस्थित बर्न अस्पताल पठाइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । घटनापछि तानसेन नगरपालिका, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा सम्बन्धित निकायले विद्यालय पुगेर घटनाको अनुगमन तथा आवश्यक छानबिन गरेका थिए ।

विद्यालयमा दिवा खाजा सञ्चालनका क्रममा अपनाइने सुरक्षा मापदण्ड तथा ग्यासको सुरक्षित प्रयोगबारे समेत घटनाले गम्भीर प्रश्न उठाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्