Spread the love

सिरहा । सिरहाको लहान नगरपालिका–२२ सलोखरीबाट प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी सितापुरबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा सबरजीत दासको साथबाट ९ एमएम जस्तो देखिने म्याग्जिनसहितको पुरानो पेस्तोल बरामद गरेको हो ।

पेस्तोल बरामद भएपछि घटनामा संलग्न रहेको आरोपमा गुरुदेव दास र संजय दाससहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय लहान, सिरहा पठाइएको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्