Spread the love

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । मंगलबार राति पालुङबाट वीरगञ्जतर्फ तरकारी लिएर जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित भएको थियो ।

अनियन्त्रित ट्रक सडकबाट करिब १०० मिटर तल चण्डी खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का २३ वर्षीय रञ्जित कार्की घाइते भएका छन् । उनको दाहिने खुट्टा भाँचिनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको छ ।

ट्रकमा सवार चालकका काका ३६ वर्षीय अर्जुन कार्की गम्भीर घाइते भएका थिए । उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पु¥याइएका उनको बिहान ९ः१५ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका हुन् । दुर्घटनाका समयमा ट्रकमा चालकसहित दुई जना मात्रै सवार रहेको खुलेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्