Spread the love

दाङ,८ मंसिर ।

नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षको १५औं महाधिवेशनबाट लुम्बिनी प्रदेश सभापतिमा प्यूठानका सरोज थापा (रोज राणा) सर्वसम्मत रूपमा चयन भएका छन् । सोमबार दाङको भालुबाङमा भएको अधिवेशनले थापाको नेतृत्वमा प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा पाल्पाका माधवप्रसाद नेपाल, कपिलवस्तुका डोलकराम घिमिरे र बाँकेकी माया पुन चयन भएका छन् । त्यस्तै, महामन्त्रीमा रोल्पाका दुर्गाबहादुर खड्का, दाङका बमबहादुर डिसी र बर्दियाका गोबिन्दप्रसाद थारू सर्वसम्मत चयन गरिएको प्रमुख निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

">
Bajaj Grand Exchange Mela