Spread the love

काठमाडौं,२० साउन ।

नर्स ज्योति रानाभाटले सरकारसँग १९ बुँदे सहमति पछि अनशन तोडेकी छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाका साथै प्रधानमन्त्रीकी स्वकीय सचिव प्रकृति ढकाललगायत अन्य विभिन्न मन्त्रालयका प्रतिनिधिको रोहबरमा सहमति गरेर अनशन तोडेकी हुन् ।

सरकारकातर्फबाट स्वास्थ्य तथा खाद्यय स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त चन्द्र झा र कानुन अधिकृत जयप्रसाद सुवेदी र नर्स रानाभाटबीच सहमति भएको छ । सहमति अनुसार नर्स तथा मिडवाइफलगायत स्वास्थ्यकर्मीहरुको पारिश्रमिक तथा सम्मानजनक सेवा सुविधा निर्धारण गर्न स्वास्थ्य मन्त्रालयले ७ दिनभित्र कार्यदल गठन गर्नेछ ।

यो कार्यदलले कम्तिमा ६ महिनाभित्र काम सक्नुपर्ने सहमति पत्रमा उल्लेख गरिएको छ । नर्स रानाभाटले १५ बुँदे माग राख्दै साउन १४ गतेदेखि नेपाल नर्सिङ काउन्सिल परिसरमा आमरण अनशन सुरु गरेकी थिइन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्