काठमाण्डौ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आइतबार राति साढे १० बजे उनकै घरबाट पक्राउ गरेको हो ।
प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दै आन्दोलन घोषणा गरेका थिए । उक्त पत्रकार सम्मेलनमा उनले हिन्दु राज्य र राजसंस्था पुनस्र्थापना गर्न आन्दोलनको घोषणा गरेका थिए । प्रसाईंले शान्ति सुरक्षा भङ्ग गरेको प्रहरीको आरोप छ ।





















