Spread the love

बुटवल,११ साउन ।

लायन्स क्लब अफ बुटवल एसियनले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बुटवल उपमहानगरपालिका–८ स्थित जनता माविको परिसरमा विभिन्न फलफूलका बिरुवा रोपिएको हो।

लायन्स क्लब अफ बुटवल एसियनका अध्यक्ष सरिता गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पास्ट डिस्ट्रिक्ट गभर्नर एमजेएफ लायन पुरुषोत्तम प्रधानाङ्गले रचनात्मक कार्य गरेको भन्दै क्लबको प्रशंसा गर्नुभयो।विशिष्ट अतिथि क्लबका एरिया चिफ वैकुण्ठ श्रेष्ठले वृक्षारोपणजस्तो पवित्र कार्यमा सहभागी हुन पाउँदा खुसी लागेको बताए।

विद्यालयमा वृक्षारोपणका लागि स्थान छनोट गरिएकोमा आभार व्यक्त गर्दै जनता माविका प्रधानाध्यापक आशा थापाले रोपिएका बिरुवाको संरक्षण गर्ने जिम्मेवारी विद्यालयको पनि रहेको बताईन । क्लबका चार्टर प्रेसिडेन्ट अनिता केसीले क्लबले आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने बताईन ।

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्