Spread the love

काठमाडौं । सोलुखुम्बुको फेरिचेमा मंगलबार बिहान दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचे हेलिप्याडमा फिस्टेल एयर र एयर डाइनेस्टीका हेलिकोप्टर ठोक्किएका हुन् । प्रहरीका अनुसार हेलिप्याडमा अवतरण गर्ने क्रममा दुई हेलिकोप्टरबीच ठक्कर भएको थियो । दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । ३ जना घाइते भएका छन् ।

घाइतेको हेलिकोप्टरमार्फत उद्धार गरिएको जनाइएको छ । दुर्घटनाको कारण तथा अन्य विस्तृत विवरण आउन बाँकी छ ।

 

">
Bajaj Grand Exchange Mela