बुटवल, ११ साउन ।
द बम्बई लाउञ्ज (खत्री ग्रुप) आफ्नो दोस्रो वर्ष प्रवेशको अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ । हस्पिटालिटि क्षेत्रमा नया स्वाद र सेवाका साथ योगीकुटी शान्तिचोकमा एक वर्ष अघि सेवा शुभारम्भ गरेको लाउन्जले साउन १४ र १५ गते विशेष कार्यक्रमसहित प्रथम वार्षिकोत्सव मनाउने भएको हो ।
आईतबार पत्रकार सम्मेलनमा म्यानेजर भुवन टण्डनले लाइभ म्युजिक, विशेष सांगीतिक प्रस्तुति, सेल्फी कर्नर, केक कटिङ, आकर्षक गिभअवे तथा अन्य मनोरञ्जनात्मक गतिविधि सहितको कार्यक्रम गरि वार्षिकोत्सव मनाउने बताए । यसैगरि ग्राहकलाई विशेष छुटको व्यवस्था गरिएको भन्दै सीमित परिकारमा १५ प्रतिशत छुट, दुईवटा मकटेल खरिद गर्दा एउटा निःशुल्क, हुक्कामा १० प्रतिशत छुट तथा तीनवटा बारासिङ्गे बियर खरिद गर्दा एक प्लेट चिकेन चिल्ली निःशुल्क प्रदान गरिने बताए ।
सञ्चालक नरेश खत्रीले द बम्बई लाउञ्ज सात दाजुभाइको संयुक्त लगानीमा सञ्चालनमा आएको जानकारी दिँदै छोटो समयमै बुटवलवासीको राम्रो साथ र विश्वास पाउन सफल भएको बताए । उनले ग्राहकको चाहना र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै गुणस्तरीय सेवा, स्वादिष्ट परिकार र पारिवारिक वातावरण प्रदान गर्ने लक्ष्यका साथ लाउञ्ज सञ्चालन भइरहेको उल्लेख गरे ।





















