Spread the love

बुटवल, १० साउन ।

६४ औ इन्जिनियर्स दिवस विविध रचनात्मक सप्ताहब्यापी कार्यक्रम गरि मनाईएको छ । नेपाल इन्जिनियर एशोसियसन लुम्बिनी प्रदेशले खेलकुद गतिविधि, सामाजिक उत्तरदायित्वका साथै सम्मान शुभकामना आदानप्रदान कार्यक्रम गरि सप्ताहब्यापी रुपमा मनाएको हो ।

कार्यक्रमका शनिबार एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले इन्जिनियर्स सम्मान तथा सप्ताहब्यापी कार्यक्रमको उद्घाटन गर्दै आफनो पेशाब्यवसायसंगै सामाजिक क्षेत्रमा इन्जिनियरहरुको भुमिका महत्पपूर्ण रहेको बताए ।

कार्यक्रममा एशोसियसनका अध्यक्ष ई महेश्वर लम्सालले संस्था स्थापनादेखि वर्तमानसम्म भएका उपलब्धिबारे प्रकाश पारे । ब्यवसायिक हकहित र क्षमता अभिवृद्धिका विविध कार्यक्रमका साथै सामाजिक कार्यमा समेत आफुहरु उत्तिकै योगदान दिदै आएको भन्दै उनले यस वर्ष दौड, ब्याडमिन्टल, फुटसल लगायतका खेलकुद गतिविधि गरि भाईचारा विकास गर्न सफल भएको बताए ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष कुसुमराज ज्ञवाली, लुम्बिनी ईन्जिनियर कलेजका रामचन्द्र ढकाल, नेपाल इन्जिनियर एशोसियसन केन्द्रिय सचिव ई.बिनोद प्रकाश पण्डित, भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव ई.राम पराजुली, नेपाल निर्माण ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष सहदेव खड्का, एशोसियसनका उपाध्यक्ष शिव प्रसाद तिवारीले देशभरमा नै लुम्बिनी उत्कृष्ट कार्यसम्पादन गर्न सफल रहेको भन्दै पछिल्लोसमय कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिले इन्जिनियरिङ क्षेत्रलाई थप प्रभावकारी, छिटो र नवप्रवर्तनमुखी बनाएको भए पनि यसको बढ्दो प्रयोगसँगै वातावरणीय चुनौतीहरू पनि थप जटिल बन्दै गएको उनिहरुले औल्याए । रुपन्देही इन्जिनियर उत्पादन गर्ने थलोको रुपमा रहेको भन्दै लुम्बिनी ईन्जिनियरिङ कलेजबाट १५ हजार बढि इन्जिनियर उत्पादन गर्न सफल रहेको उनिहरुले दाबी गरे ।

यसैबिच कार्यक्रममा प्रोभिन्स ईन्जिनियर एक्सिलेन्स एवार्डबाट प्रविना घिमिरे, ई हितेन्द्र रायमाझी र कृष्ण लिला कन्सट्रक्सन प्रालिका इ सचिन थापालाई विशेष सम्मान गरिएको एशोसियसनका सचिव प्रवेश पौडेलले बताए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्