Spread the love

काठमाडौं, १० साउन ।
लघुवित्तको कर्जा खारेज गर्नुपर्ने मागसहित लघुवित्त पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । देशका विभिन्न जिल्लाबाट राजधानी आएका पीडितहरूले सरकारसँग आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन् ।

लघुवित्तबाट लिएको कर्जा खारेज गर्नुपर्ने, चर्को ब्याज र जरिवाना मिनाहा गर्नुपर्ने तथा पीडित परिवारलाई राहत उपलब्ध गराउनु पर्ने माग राख्दै लघुवित्त पीडितहरू काठमाडौंमा आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनकारीहरूले माइतीघर मण्डलालगायत क्षेत्रमा प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरूले लघुवित्त संस्थाहरूको चर्को ब्याजदर, असुलीको दबाब र आर्थिक भारका कारण हजारौं परिवार समस्यामा परेको दाबी गरेका छन् । लघुवित्तका कर्मचारीहरुले आफूहरुलाइ दुःख दिएको उनीहरुले गुनासो गरेका छन् ।

पीडितहरूले सरकारले पटक–पटक वार्ताको आश्वासन दिए पनि आफ्ना माग सम्बोधन नभएको गुनासो गरेका छन् । उनीहरूले माग पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्