बुटवल, १० साउन ।
रुपन्देहीको चरङ्गे क्षेत्रमा सजिलो नेट प्रालिले आफ्नो उच्च गतिको इन्टरनेट सेवा विस्तार गरेको छ । लामो समयदेखि सीमित इन्टरनेट सेवा प्रदायकको भर पर्न बाध्य स्थानीय उपभोक्ताले अब किफायती शुल्कमा गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा पाउने भएका छन् ।
चरङ्गे क्षेत्रका अधिकांश घरपरिवार तथा व्यवसायले विकल्पको अभावमा महँगो शुल्क तिरेर पनि अपेक्षाअनुसारको स्थिर र गुणस्तरीय इन्टरनेट सेवा पाउन नसकेको गुनासो गर्दै आएका थिए । बारम्बार नेटवर्क अवरुद्ध हुने, इन्टरनेटको गति कम हुने तथा ग्राहक सेवामा समस्या देखिने गरेको स्थानीयको अनुभव रहेको थियो ।
यही आवश्यकतालाई मध्यनजर गर्दै सजिलो नेट प्रालिले चरङ्गे क्षेत्रमा आफ्नो सेवा विस्तार गरेको जनाएको छ । कम्पनीका अनुसार अब ग्राहकहरूले कम शुल्कमा उच्च गतिको इन्टरनेट, स्थिर नेटवर्क, छिटो जडान प्रक्रिया तथा प्रभावकारी ग्राहक सेवा प्राप्त गर्न सक्नेछन् ।
सजिलो नेटले अनलाइन अध्ययन, घरबाट काम (वर्क फ्रम होम), भिडियो स्ट्रिमिङ, अनलाइन गेमिङ तथा व्यवसायिक प्रयोजनका लागि आवश्यक पर्ने भरपर्दो इन्टरनेट सेवा सहज रूपमा उपलब्ध गराउने जनाएको छ ।
सेवा विस्तारको अवसरमा कम्पनीले सीमित अवधिका लागि विशेष छुट तथा आकर्षक अफरसमेत ल्याएको जानकारी दिएको छ । कम्पनीले गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आगामी दिनमा अन्य क्षेत्रमा समेत सेवा विस्तार गर्ने योजना रहेको जनाएको छ ।





















