Spread the love

पर्सा, १० साउन ।
लागूऔषध तस्करहरूले नयाँ–नयाँ तरिका अपनाउँदै लागूऔषध ओसारपसार गर्ने गरेको पाइएको छ । पछिल्लो पटक पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित आँपको बगैंचाबाट प्रहरीले १४० किलोग्राम गाँजा बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा शनिबार राति करिब ११ः३० बजे इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बलको बीओपी मिर्जापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले आँप बगैंचामा खानतलासी गरेको थियो ।

खोजतलासका क्रममा बगैंचामा रहेको घाँसभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १३ वटा पोकामा रहेको १४० किलोग्राम लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद गाँजा कसले र कुन उद्देश्यले त्यहाँ लुकाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

घटनामा संलग्न व्यक्तिहरूको पहिचान र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यसअघि पनि लागूऔषध तस्करहरूले नयाँ शैली अपनाउँदै विभिन्न स्थानमा गाँजा लुकाउने गरेको पाइएको थियो । यसअघि सर्लाहीमा समेत कुखुरा फर्मबाट समेत ठूलो परिमाणमा गाजा बरामद गरिएको थियो । घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा गाँजा कसले लुकाएको भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्