Spread the love

काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार चौथो हार बेहोरेको छ । पाकिस्तानको इस्लामाबादमा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको हो ।

नेपालले पहिलो र तेस्रो सेट जितेपनि बंगलादेशले खेलमा कमब्याक गर्दै अन्तिमका दुवै सेट जितेर खेल ३–२ ले जितेको हो । बंगलादेशले खेल १८–२५, २५–१९, २१–२५, २५–२३ र १५–११ ले जितेको हो । नेपालले प्रतियोगितामा यसअघि खेलेका तीन खेलमा लगातार हार बेहोरेको थियो । नेपालले पाकिस्तानसँग ३–० सोझो सेटमा पराजित भएको थियो भने श्रीलंकासँग ३–२ ले र काजकिस्तानसँग पनि ३–२ ले पराजित भएको थियो ।

नेपालको ४ खेलमा तालिकामा ३ अंक जोडेको छ । अब नेपालले अर्को खेल नेपालले सोमबार उज्बेकिस्तानसँग खेल्ने तालिका छन् । प्रतियोगितामा नेपालसहित पाकिस्तान, काजकिस्तान, उज्बेकिस्तान, श्रीलंका र बंगलादेश सहभागी रहेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्