काठमाण्डौ, ९ साउन ।
नीट प्रश्नपत्र लिक प्रकरणमा जोडिएका भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि भारतीय राजधानी दिल्लीमा क्रकोच जनता पार्टीले विजय उत्सव मनाएको छ । विगत ३६ दिनदेखि दिल्लीको जन्तरमन्तरमा जारी धर्ना र आन्दोलन सफल भएपछि सीजेपीका नेता तथा कार्यकर्ताहरूले खुसीयालीसंगै आन्दोलन अन्त्य गरेका छन ।
मन्त्री प्रधानको राजीनामाको खबर सार्वजनिक भएसँगै जन्तरमन्तरमा आन्दोलनरत क्रकोच जनता पार्टीका कार्यकर्ताहरूले नाराबाजी गरेर उत्सव मनाए । यस आन्दोलनलाई उचाइमा पु¥याउन चर्चित सामाजिक अभियन्ता सोनम वाङ्गचुकको समेत महत्त्वपूर्ण भूमिका रहेको थियो । मन्त्री प्रधानको राजीनामाको माग गर्दै वाङ्गचुकले भोक हडताल बसेर आन्दोलनलाई थप सशक्त बनाएका थिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















