Spread the love

बुटवल, ९ साउन ।
स्कलर्स होम बोर्डिङ सेकेण्डरी स्कुलमा कक्षा ११ का भर्ना भएका नया विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ । शनिबार एक समारोहका बिच स्कुलका संस्थापक प्राचार्य शिव गुरुङले उदघाटन गर्दै विद्यालयमा नया विद्यार्थी स्वागत र अभिमुखिकरणजस्ता अभियान संस्कृति बनेको बताए । गुणस्तरीय शिक्षासँगै नैतिक मूल्य, नेतृत्व क्षमता र जीवनोपयोगी सीपको विकासमा विद्यालय प्रतिबद्ध रहेको भन्दै यस क्षेत्रमा नै निजि क्षेत्रमा स्कलर्स होम पहिचान बनाउन सफल भएको उनले बताए ।

कार्यक्रममा अन्तराष्ट्रिय मोटिभेसनल स्पिकर ईमरान खानले विद्यार्थीहरुलाई मानव जिवन, सोच र सफलताको बारेमा अभिमुखिकरण दिए । कल्पनाशक्ति (ईमेजिनेशन) सकारात्मक हुदै हरेक ब्यक्तिको सोच, योजना र एक्सनमा उत्रनुपर्ने उनले बताए । मानिसको संगत, बसाईबाट उसको पहिचान बन्ने, कम्फर्ट जोन र रिक्स जोन, गुरुको महत्वबारे समेत उनले प्रकाश पारे ।

कार्यक्रममा एकेडेमीका प्राचार्य बाबुराम बन्जाडेले विद्यार्थीहरूलाई अनुशासित, जिम्मेवार र सिर्जनशील बन्न आग्रह गर्दै विद्यालयका विभिन्न शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधि, पुस्तकालय, प्रयोगशाला, सूचना प्रविधि, सुरक्षा व्यवस्था तथा मूल्याङ्कन प्रणालीबारे जानकारी दिए ।

कार्यक्रममा कक्षा ११ मा उत्कृष्ट नतिजासहित प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने विद्यार्थीहरु क्रमशः दर्शन रेग्मी, ज्योति पौडेल, आकृति श्रेष्ठलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा कलेजका प्राचार्य दीपक ढकाल, उपप्राचार्य टिकाराम गौतम, प्रशासन प्रमुख राजु भण्डारीले नया विद्यार्थीहरुलाई सामाजिकिकरण हुने गरि कार्यक्रम जरुरी रहेको बताए । कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्