Spread the love

सप्तरी, ७ साउन ।
सप्तरी प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गर्दै तीनवटा सवारीसाधन नियन्त्रणमा लिएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–५ क्षेत्रमा ओसारपसार भइरहेको अवस्थामा ३ हजार ३३२.४६० किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हनुमाननगरबाट रामपुर मल्हनियातर्फ जाँदै गरेका तीनवटा सवारीसाधनमा लुकाइछिपाइ ल्याइँदै गरेको गाँजा विशेष सूचनाका आधारमा बरामद गरिएको हो । घटनामा प्रयोग भएका तीनवटै सवारीसाधन नियन्त्रणमा लिइएको भए पनि चालकहरू भने फरार भएका छन् । बरामद गाँजामध्ये बा.प्र.०१–०२५ च ०४३६ नम्बरको स्कर्पियोबाट १९ बोरामा राखिएको ५२३.६४० किलोग्राम, प्र १–०४–००१ च १५०७ नम्बरको पिकअपबाट ४८ बोरामा रहेको १ हजार ६६८.११० किलोग्राम तथा बा.प्र.०१–०२९ च ९५८६ नम्बरको अर्को पिकअपबाट ३३ बोरामा रहेको १ हजार १७०.७१० किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

फरार चालकहरूको खोजी कार्य तीव्र बनाएको छ । घटनाको सञ्जाल, गाँजाको स्रोत र गन्तव्य तथा यसमा संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्