काठमाडौं, ७ साउन ।
नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र नाथ रिमाल पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको सिफलबाट बिहीबार पक्राउ गरेको हो । बीमा ऐन, २०७९ तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको पत्र जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा फरार रहेका थिए । पक्राउ परेका रिमाललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । उक्त मुद्दामा अन्य प्रतिवादीहरूमाथि समेत अनुसन्धान तथा कानुनी प्रक्रिया जारी रहेको जनाइएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















